मानसिक तथा मनोसामाजिक अपाङ्गताको क्षेत्रमा बजेट बिनियोजन गर्न माग

मानसिक तथा मनोसामाजिक अपाङ्गताको क्षेत्रमा बजेट बिनियोजन गर्न माग
२०८२ बैशाख ११ गते बिहिबार ०९:४३

पोखरा बैशाख ११/ आर्थिक बर्ष २०८२÷८३ नजिकिँदै गर्दा प्रदेश सरकार पनि बजेट निमार्ण गर्न तर्फ लागि रहेको बेला मानसिक तथा मनोसामाजिक अपाङ्गताको क्षेत्रमा बजेट बिनियोजन मार्फत प्राथमिकतामा राखी सम्बोधन गर्न माग गरिएको छ । बुधबार कोशिश...

पोखरा बैशाख ११/ आर्थिक बर्ष २०८२÷८३ नजिकिँदै गर्दा प्रदेश सरकार पनि बजेट निमार्ण गर्न तर्फ लागि रहेको बेला मानसिक तथा मनोसामाजिक अपाङ्गताको क्षेत्रमा बजेट बिनियोजन मार्फत प्राथमिकतामा राखी सम्बोधन गर्न माग गरिएको छ । बुधबार कोशिश कास्कीले गण्डकी प्रदेश सरकार अन्तर्गत रहेका सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा ज्ञापन पत्र बुझाउदै आगामी आर्थिक बर्ष २०८२÷८३को लागि बजेट बिनियोजन मार्फत प्राथमिकतामा राखी सम्बोधन गर्न माग गरेको कोशिश कास्कीका अध्यक्ष अर्जुन सुनारले जानकारी दिए ।
कोशिश कास्कीका अध्यक्ष सुनारको अगुवाइमा बुझाइएको ज्ञापनपत्र बुझदै दुबै मन्त्रालयले माग गरेको बिषयलाई प्राथमिकतामा राखि बजेट बिनियोजन गर्ने भन्दै सकरात्मक प्रतिक्रिया ब्यक्त गरेका थिए ।

प्रकाशित मिति २०८२ बैशाख ११ गते बिहिबार ०९:४३
प्रतिक्रिया दिनुहोस्