लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउन द्धारा बिध्यार्थाी लाई सहयोग

लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउन द्धारा बिध्यार्थाी लाई सहयोग
२०८२ बैशाख १४ गते आईतबार ०४:५४

पोखरा १४ बैशाख/ लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनको बिध्यार्थी सहयोग कार्यक्रम पोखरा २८ कालिका आरूपाटा स्थिति लेखनाथ आधारभूत बिध्यालयलाई सहयोग गरेको छ । कार्यक्रममा क्याबिनेट सेक्रेटेरी लायन शिबराज आचार्य प्रमुख अतिथि, रिजन...

पोखरा १४ बैशाख/ लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनको बिध्यार्थी सहयोग कार्यक्रम पोखरा २८ कालिका आरूपाटा स्थिति लेखनाथ आधारभूत बिध्यालयलाई सहयोग गरेको छ । कार्यक्रममा क्याबिनेट सेक्रेटेरी लायन शिबराज आचार्य प्रमुख अतिथि, रिजन ३ का रिजनचेयरपर्सन लायन युवराज पौडेल अतिथि, जोन ६ का जोन चेयरपर्सन लायन श्याम प्रसाद तिमिल्सेना ,बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष एक नारायण अधिकारी ,बिध्यालयका प्र।अ।टेक बहादुर भुजेल , समाजसेवी तथा बिध्यालय ब्यवस्थापन समिति सदस्य देबका गिरी,बिध्यालयमा कार्यरत शिक्षिका ,कर्मचारी तथा अभिभावकको पनि उपस्थिति रहेको थियो। सो कार्यक्रममा लायन पुष्पराज त्रिपाठीले स्वागत मन्तब्य, अध्यक्ष लायन ईश्वर अधिकारी ,प्रमुख अतिथि लायन शिबराज आचार्य ,बिध्यालयका प्र।अ।टेकबहादुर भुजेल,रिजन ३ का रिजन चेयरपर्सन लायन युवराज पौडेल,जोन ६ का जोन चियरपर्सन लायन श्याम प्रसाद तिमिल्सेनाले आफ्नो भनाई राख्नुभएको थियो ।

यस्तै कार्यक्रममा लायन यामनारायण पौडेल, लायन अन्जिता दियाली लोहनी ,लायन बिनोद भण्डारी ,लायन हरिश्चन्द्र अधिकारी ,लायन बिरेन्द्र बहादुर थापा क्षेत्री ,लायन टिकाराम पराजुली , जिएस टि कोअडिनेटर लायन शुक्रराज अधिकारीको लगाएतको उपस्थिति रहेको थियोे । क्लबका सचिब लायन खगेश्वर लामिछानेले संचालन गर्नुभएको कार्यक्रममा क्लबका अध्यक्ष लायन ईश्वर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति २०८२ बैशाख १४ गते आईतबार ०४:५४
प्रतिक्रिया दिनुहोस्