पोखराको गण्डकी कोटीहोममा एकै दिन १५ हजार भक्तजनको सहभागिता

पोखराको गण्डकी कोटीहोममा एकै दिन १५ हजार भक्तजनको सहभागिता
२०८२ बैशाख २१ गते आईतबार ०९:५५

पोखरा बैशाख २१/ पोखरामा जारी श्री रहेको गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा बैशाख २० गते शनिबार १६ औँ दिनको कोटीहोममा करिब १५ हजार भक्तजन सहभागी भएका छन् । कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार...

पोखरा बैशाख २१/ पोखरामा जारी श्री रहेको गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा बैशाख २० गते शनिबार १६ औँ दिनको कोटीहोममा करिब १५ हजार भक्तजन सहभागी भएका छन् । कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार भक्तजनसँगै आर्थिक संकलनमा पनि वृद्धि भएको छ । शनिबार पोखराका शेरबहादुर गुरुङले एक लाख एक सय पाँच, म्याग्दीका रामचन्द्र जिसीले ५१ हजार एक सय ११ रुपैयाँ दान गरेको बताइन्छ ।

कार्यक्रममा कलश यात्रामा सहभागी विभिन्न आमा समूहलाई सम्मान गरिएको छ । सो अवसरमा लोक दोहोरी गायक राजन कार्कीले गीत प्रस्तुत गरेर भक्तजनलाई नचाए ।आज बिहान ८ बजेर ५ मिनेटमा हवन कुण्डमा हवन गरिएको थियो । हवन कार्य जेठ २६ गतेसम्म चल्ने प्रचारप्रसार संयोजक ढकालले जानकारी दिनुभयो । एक सय वटा हवन कुण्डमा तीन, तीन जना ब्राह्मणले भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए ।कोटीहोममा एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जपलगायतमा ब्राह्मणले पाठ गरे ।

कोटीहोममा पोखराका शिक्षासेवी पम्फा गुरुङ, पोखरा महानगरपालिका शिक्षा महाशाका सदस्य तारा पौडेललगायत सहभागी थिए ।
आजदेखि खुला भजन चुट्का प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गर्ने संयोजक प्रजापति पराजुलीले जानकारी दिनुभयो ।प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ ।प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था छ ।वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ ।

प्रकाशित मिति २०८२ बैशाख २१ गते आईतबार ०९:५५
प्रतिक्रिया दिनुहोस्