पोखरामा श्रीमतिको हत्यापछि श्रीमानले गरे आत्महत्या

पोखरामा श्रीमतिको हत्यापछि श्रीमानले गरे आत्महत्या
२०८२ बैशाख २३ गते मङ्गलबार ०३:३६

पोखरा बैशाख २३/ पोखरामा श्रीमतिको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । कास्कीको पोखरा महानगरपालिका– १७ विरौटा आयुर्वेदपथका ५७ वर्षीय ऋषिराम बरालले ३७ वर्षीया देवी पराजुली बरालको हत्यपछि आफूले आत्महत्या गरेका हुन् ।सोमबार...

पोखरा बैशाख २३/ पोखरामा श्रीमतिको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । कास्कीको पोखरा महानगरपालिका– १७ विरौटा आयुर्वेदपथका ५७ वर्षीय ऋषिराम बरालले ३७ वर्षीया देवी पराजुली बरालको हत्यपछि आफूले आत्महत्या गरेका हुन् ।सोमबार दिउँसो ऋषिरामले चक्कु प्रहार गरेर देवीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।वरपरका स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा देवीको मृत्यु भइसकेको थियो । ऋषिराम घाँटीमा गम्भिर चोट लागेको अवस्थामा थिए ।प्रहरीले उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पृथ्वीचोक पुर्याएको थियो । मंगलबार बिहान चिकित्सकले मृत्य घोषणा गरेको प्रहरीको भनाइरहेको छ ।
ऋषिरामका दुईवटा श्रीमति हुन् । जेठी श्रीमति पोखराकै मासबारस्थित अर्कै घरमा बस्दै आएकी थिइन् । आफू विरौटास्थित कान्छी श्रीमति देवीसँग बस्दै आएका थिए ।

फेन्सी पसलसमेत चालउदै आएका उनीहरु दाम्पत्य जीवनमा दरार थियो । श्रीमान श्रीमतीबीच बारबार झगडा भइरहने प्रहरीले जनाएको छ ।सोमबार जेठी श्रीमतीसँग भेटेर फेसबुकमा भिडिओ पोष्ट गरेको केही समयपछि घटना भएको प्रहरीले जनाएको छ । जेठी श्रीमतिलाई भेटेको विषयमा झगडा सुरु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको घटनाको बारेमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ बैशाख २३ गते मङ्गलबार ०३:३६
प्रतिक्रिया दिनुहोस्