पोखरामा आत्महत्या रोकथाम सहजिकरण सम्बन्धी तालिम

पोखरामा आत्महत्या रोकथाम सहजिकरण सम्बन्धी तालिम
२०८२ बैशाख २६ गते शुक्रबार ०७:२२

पोखरा, २५ वैशाख/ वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र साइकडेष्क फाउन्डेशनको आयोजना एवम् पोखरा महानरपालिकाको संयोजनमा पोखरामा दुुई दिने आत्महत्या रोकथाम सहजिकरण सम्बन्धी तालिम दिइएको छ ।तालिममा विभिन्न सरोकारवाला क्षेत्र र निकायका...

पोखरा, २५ वैशाख/ वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र साइकडेष्क फाउन्डेशनको आयोजना एवम् पोखरा महानरपालिकाको संयोजनमा पोखरामा दुुई दिने आत्महत्या रोकथाम सहजिकरण सम्बन्धी तालिम दिइएको छ ।तालिममा विभिन्न सरोकारवाला क्षेत्र र निकायका ३५ जना प्रशिक्षार्थी सहभागी रहनुुभएको थियो । तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्रा.राजेशकुमार ठगुराठीले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गर्नुुभयो ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतिराज तिमल्सिनाले आत्महत्या समाजमा गम्भीर समस्याका रुपमा देखा परेको बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि सम्बद्ध सबैको सामुहिक प्रयास आवश्यक हुने बताउनुुभयो ।वल्र्डलिङ्क कम्युनेशन्स लिमिटेडका संस्थापक शेयर होल्डर एवम् सिएसआर(कर्पोरेट सामाजिक उत्तरदायित्व) प्रमुख अनुपा भण्डारी जलानले वल्र्डलिङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका कार्यक्रमहरूलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको जानकारी गराउनुुभयो ।

तालिमका प्रशिक्षक एवम् साइकडेष्क फाउन्डेशनका संथापक डा.नरेन्द्रसिंह ठगुन्नाले आत्महत्या रोकथाम सहजिकरण सम्बन्धी तालिम यस अघि धनगढी र विराटनगरमा गरिसकिएको बताउनुुभयो ।

पद्मकन्या क्याम्पस मनोविज्ञान विभागमा प्राध्यापनरत उहाँले नेपालमा आत्महत्याका घटनाहरू बढ्दै गएका अवस्थामा यसको रोकथाम तथा नियन्त्रण अपरिहार्य भएको बताउनुुभयो । अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा नेपालमा सात हजार २२३ जनाले आत्महत्या गरेको तथ्यांक रहेको उहाँले जानकारी दिनुुभयो ।

ठगुन्नाका अनुसार आत्महत्या रोकथामका लागि साइडवाकटक कम्युनिटी लिसनिङ प्रोजेक्ट भोलिदेखि पोखरामा सुरु गरिने भएको छ । भालिदेखि सुरुमा दुई दिन महानगरका विभिन्न सार्वजनिक ठाउँमा १० जना लेकसिटी कलेजका सामाजिक अध्ययन विषयका विद्यार्थीले स्वयंसेवकका रुपमा साइडवाकटक लिसिनङ कार्यक्रम सञ्चालन गर्नेछन् । उनीहरूले आगामी चार महिनासम्म उक्त कार्यक्रम दुई हजार जनासम्म पु¥याउने जानकारी दिदै उहाँले वल्र्डलिंककै सहकार्यमा यस अघि यो कार्यक्रम धनगढी, विराटनगर र काठमाडौंमा उपत्यकामा सञ्चालन गरिएको बताउनुुभयो ।

प्रकाशित मिति २०८२ बैशाख २६ गते शुक्रबार ०७:२२
प्रतिक्रिया दिनुहोस्