पोखरा २८/ पोखराका पूर्ब पत्रकार देबेन्द्र बास्तोलाको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। उनी चढेको मोटरसाइकल शनिबार लेखनाथको तालवेंसीमा दुर्घटना हुँदा निधन भएको आफन्त सञ्जयकिशोर बास्तोलाले जानकारी दिए ।
४६ वर्षीय बास्तोला पोखरामा लामो समय पताकारिता गरेर राजनीतिमा होमिएका थिए। उनी नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सदस्य हुन् भने अघिल्लो स्थानीय तह निर्वाचनमा पोखरा–११ मा एमालेबाट अध्यक्ष पदका उम्मेदवारसमेत थिए ।
उनी हाल पोखरा न्यूरोडको पिपल्स बचत तथा ऋण सहकारी संस्थाका सचिव थिए । लामो समय मणिपाल शिक्षण अस्पतालमा समेत कार्य गरेका उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध थिए । उनका आमा, श्रीमती र छोरा छन् ।शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल राखिएको छ ।
प्रकाशित मिति २०८२ बैशाख २८ गते आईतबार ०९:३७