पोखरा बैशाख ३१/ पृथ्वी राजमार्ग सडक खण्डको पोखरा(३२, लामेआहालमा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा चालक सहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएकामा ३ जनाको निधन भएको हो ।बाँकी ७ घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।मृतकको सनाखत भने नभएको कास्की प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप बिबरण आउन बाकिँ रहेको बताइएको छ । तस्वीर: बुद्धराज बस्याल
प्रकाशित मिति २०८२ जेठ १ गते बुधबार ०६:५६