जीविकोपार्जनमा सहकार्य गदै पोखरा २१

जीविकोपार्जनमा सहकार्य गदै पोखरा २१
२०८२ जेठ २ गते बिहिबार ०५:१८

पोखरा जेठ १/ मनोसामाजिक अपाङ्गतामा भएका ब्यक्तिहरुको लागि पोखरा महानगरपालिका वडा २१ ले सहयोग गरेको छ । बिहिवार वडा २१ मा उक्त वडा भित्रका २२ जना मानसिक स्वास्थ्य समस्या अनुभव गरेका ब्यक्तिहरुको लागि जीविकोपार्जन सम्बन्धी कुखुराको...

पोखरा जेठ १/ मनोसामाजिक अपाङ्गतामा भएका ब्यक्तिहरुको लागि पोखरा महानगरपालिका वडा २१ ले सहयोग गरेको छ । बिहिवार वडा २१ मा उक्त वडा भित्रका २२ जना मानसिक स्वास्थ्य समस्या अनुभव गरेका ब्यक्तिहरुको लागि जीविकोपार्जन सम्बन्धी कुखुराको चल्ला र दाना वितरण गरिएको कोशिशका सस्था कि सामुदायिक अभियानकर्ता युमाया थापाले बताउनुभयो । कार्यक्रममा कोशिश सस्था र कोशिश कास्कीको सहकार्य रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्क्षय दीपक प्रसाद सुवेदीले २०७९ साल देखि हाल सम्म निरन्तर बजेट बिनियोजन गरेर सहयोग गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रमले स्थानीय तहलाई नैं जिम्मेवारी बनाउँदै बजेट विनियोजन गरी व्यक्तिलाई पारिवारिक सहयोग,आर्थिक रूपमा सब्य ,समुदायमा लाल्छना विभेद कम गर्न,औषधि उपचारमा सहज र आफै लगानी गरी आत्मनिर्भर भई मानसिक स्वास्थ्यमा सुधार हुने उद्देश्य रहेको कोशिशकी सामुदायिक अभियानकार्ता थापाले उल्लेख गरनुभयो । कोशिश सस्थाले गरेको निरन्तर पैरवीका कारण पोखरा २१ ले हरेक वर्ष बजेट विनियोजन गरि कार्यावन्यन समेत गर्दै आइरहेको छ ।

प्रकाशित मिति २०८२ जेठ २ गते बिहिबार ०५:१८
प्रतिक्रिया दिनुहोस्