पोखरा जेठ ३/ पोखराको सेतीको पुलबाट हामफालेका युवकको प्रहरीद्वारा उद्धार भएको छ । जेठ २ गते शुक्रबार राति कास्की जिल्ला पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाईनापुलबाट सेती नदीमा हामफालेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।
नाम वतन नखुलेको अन्दाजी २०र२१ वर्षका युवकले हामफालेको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले राति ९ः३५ बजे करिब ४५ मिनेटको प्रयासमा रोपरेस्क्यू प्रयोग गरी उद्धार गर्न सफल भएको हो। अन्दाजी १०० मिटर तल सेती नदीको खोँचबाट अर्धचेत अवस्थामा निकालिएका उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ।
प्रकाशित मिति २०८२ जेठ ४ गते शनिवार ०९:५९