पोखरा जेठ १४/संविधान दिवसमा माफी पाएका एक व्यक्तिले आज बिहानै पूर्बपत्नी र दुई छोरीको हत्या गरेका छन्।रूपन्देहीको बुटवल उपमहानगरपालिका– ११ होराइजनचोकस्थित मिलीजुली पथमा बुधबार बिहानै सुजन कोइरालले पुर्ब पत्नी र दुई छोरीको हत्या गरेव्का हुन्। कोइरालले आफ्नी पूर्ब पत्नी ३३ वर्षकी दिपा बस्याल र छोरीहरु ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या गरेका प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार , आफ्नै दाजु मारेर जेल बसेका सुजनले संविधान दिवसको अवसरमा केही वर्षअघि आममाफी पाएका थिए भने सुजन र दीपाबीच केही वर्षअघि सम्बन्ध विच्छेद भएको थियो ।
पूर्ब श्रीमान कोइरालाले आफूलाई बोलाए पछि दिपा आफ्ना दुई छोरी लिएर मंगलबार पूर्वश्रीमानको घरमा पुगेकी थिइन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले दिपा उनी दुई छोरीसहित एकाबिहानै पूर्ब श्रीमान्को घरमा किन गइन् भन्ने बारेमा अनुसन्धान भैरेह्को जानकारी दिए। कोइरालाले चक्कु र हम्मर प्रहार गरेर हत्या गरेको प्रहरीको भनाइ छ ।
हत्यामा संलग्न सुजनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिए ।










