पोखरा २२ को सहयोग मनोसामाजिक अपाङ्गताको क्षेत्रमा

पोखरा २२ को सहयोग मनोसामाजिक अपाङ्गताको क्षेत्रमा
२०८२ जेठ १९ गते आईतबार ०४:४१

पोखरा जेठ १८/ पोखरा महानगरपालिका वडा २२ ले मनोसामाजिक अपाङ्गता भएका ब्यक्तिहरुलाई जीविकोपार्जन सहयोग पुग्ने उद्धेश्यले सहयोग समाग्री प्रदान गरेको छ ।आइतबार एक कार्यक्रमको आयोजना गरि वडाकोे आर्थिक सहयोग र कोशिश संस्थाको सहकार्यमा...

पोखरा जेठ १८/ पोखरा महानगरपालिका वडा २२ ले मनोसामाजिक अपाङ्गता भएका ब्यक्तिहरुलाई जीविकोपार्जन सहयोग पुग्ने उद्धेश्यले सहयोग समाग्री प्रदान गरेको छ ।आइतबार एक कार्यक्रमको आयोजना गरि वडाकोे आर्थिक सहयोग र कोशिश संस्थाको सहकार्यमा सहयोग हस्तान्तरण गरिएको कोशिशकि मनोविर्मशकर्ता सम्झना पौडेलले जानकारी दिइन् । सहयोग मार्फत उक्त वडामा रहेका २५ जना मनोसामाजिक अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रत्येक ब्यक्ति १४ वटा गिरिराज कुखुराको चल्ला र ५ केजी दाना बितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्क्षय हिमलाल बरालले वडाको सहयोगले मनोसामाजिक अपाङ्गता भएका ब्यक्तिहरुलाई जीविकोपार्जन सहयोग पुग्ने बताउदै, बितरण गरिएको समाग्रीहरु लाई सहि रुपमा सदुपयोग गर्न आग्रह गरे ।
कोशिशका कार्यक्रम ब्यवस्थापक विनोद शाहाले मनोसामाजिक अपाङ्गता भएका ब्यक्तिहरुलाई काममा ब्यस्त बनाउदै दिर्घकालिन रुपमा आम्दानि पनि हुने र समयको पनि सदुपयोग हुने बताए । पोखरा स्वास्थ चौकीका प्रमुख बिदुर रेग्मीले सहयोगले बाटो देखाउने काम गरेको बताए सहि रुपमा सदुपयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति २०८२ जेठ १९ गते आईतबार ०४:४१
प्रतिक्रिया दिनुहोस्