पाँच प्रदेशमा फैलियो मनसुन

पाँच प्रदेशमा फैलियो मनसुन
२०८२ जेठ ३१ गते शुक्रबार ०४:३९

पोखरा जेड ३०/ कोशी, मधेश, बागमती, गण्डकीका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा हाल मनसुनी वायुको प्रभाव छ। देशको पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। यी वायु को प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया...

पोखरा जेड ३०/ कोशी, मधेश, बागमती, गण्डकीका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा हाल मनसुनी वायुको प्रभाव छ। देशको पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। यी वायु को प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा अहिले चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।कोशी प्रदेशका एकदुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति २०८२ जेठ ३१ गते शुक्रबार ०४:३९
प्रतिक्रिया दिनुहोस्