पोखराबाट एक युवतीसहित चार युवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर ८ सिमलचौरबाट अबैध लागू औषधसहित चार जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं.५ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोक बस्ने वर्ष २८ को मनोज रेग्मी, पोखरा १७ घारिपाटन बस्ने वर्ष २८ को राज बहादुर पौडेल, सोही ठाउँ निवासी वर्ष २८ को राजेश बहादुर पौडेल र पोखरा ७ रत्नचोक बस्ने वर्ष २३ की रोज कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानाकारी दिएको छ । उनीहरुलाई पोखराको सिमलचौरमा गएको मंगलबार साँझ छ बजे भएको सवारी चेकजांचका क्रममा अबैध लागू औषधसहित पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ।
उनीहरुको साथबाट लागूऔषध Tapentadol Tablets-१००mg लेखिएको एकहजार ५० ट्याब्लेट र मोवाईल दुई थान वरामद भएको पनि बताएको छ।
उनीहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा छ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।










