पोखराको सृजनाचोकबाट एक युवतीसहित चार युवा अबैध लागूऔषधसहित पक्राउ

पोखराको सृजनाचोकबाट एक युवतीसहित चार युवा अबैध लागूऔषधसहित पक्राउ
२०८२ असार ५ गते बिहिबार १२:०८

पोखराबाट एक युवतीसहित चार युवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर ८ सिमलचौरबाट अबैध लागू औषधसहित चार जना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं.५ घर भई हाल पोखरा महानगरपालिका...

पोखराबाट एक युवतीसहित चार युवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर ८ सिमलचौरबाट अबैध लागू औषधसहित चार जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं.५ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोक बस्ने वर्ष २८ को मनोज रेग्मी, पोखरा १७ घारिपाटन बस्ने वर्ष २८ को राज बहादुर पौडेल, सोही ठाउँ निवासी वर्ष २८ को राजेश बहादुर पौडेल र पोखरा ७ रत्नचोक बस्ने वर्ष २३ की रोज कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानाकारी दिएको छ । उनीहरुलाई पोखराको सिमलचौरमा गएको मंगलबार साँझ छ बजे भएको सवारी चेकजांचका क्रममा अबैध लागू औषधसहित पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ।

उनीहरुको साथबाट लागूऔषध Tapentadol Tablets-१००mg लेखिएको एकहजार ५० ट्याब्लेट र मोवाईल दुई थान वरामद भएको पनि बताएको छ।

उनीहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा छ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति २०८२ असार ५ गते बिहिबार १२:०८
प्रतिक्रिया दिनुहोस्