प्रेस संगठनद्धारा पश्चिम बागलुङका सञ्चार माध्यममा स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रेस संगठनद्धारा पश्चिम बागलुङका सञ्चार माध्यममा स्वास्थ्य सामाग्री हस्तान्तरण
२०७८ असार १० गते बिहिबार ०५:५९

प्रेस संगठन बागलुङ शाखाले पश्चिम बागलुङका सञ्चार माध्यममा पुगेर त्यहाँ क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । जिल्लाको पश्चिम बडिगाड गाँउपालिका २ खर्वाङमा रहेका रेडियो रेडियो सारथी, ढोरपाटन नगरपालिका बुर्तिबाङ...

प्रेस संगठन बागलुङ शाखाले पश्चिम बागलुङका सञ्चार माध्यममा पुगेर त्यहाँ क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

जिल्लाको पश्चिम बडिगाड गाँउपालिका २ खर्वाङमा रहेका रेडियो रेडियो सारथी, ढोरपाटन नगरपालिका बुर्तिबाङ बजारमा रहेका सामुदायिक रेडियो परिवर्तन, रेडियो ढोरपाटन, रेडियो बुर्तिबाङ र ढोरपाटन पोष्ट (अनलाईन पत्रिका) टिमलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

प्रेस संगठनले बागलुङ जिल्लाभरका सबै मिडियामा पुगेर सञ्चारकर्मी भेटघाट तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको संगठनका बागलुङ जिल्ला संयोजक थम्मन थापा सन्देसले बताउनुभयो ।

थापा सहित नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सरिता खत्री, संगठनमा विमल खड्का लगायतको टिमले अभियान थालेका छन् ।

प्रेस संगठनले सबै सञ्चार माध्यमहरुमा कार्यरत सञ्चारकर्मीलाई पुग्ने गरि प्रति मिडिया ५ बक्स माक्स, ५ पिस सेनिटाईजर र ८ पत्ता प्यारा सिटामोल हस्तान्तरण गरेको छ । संगठनका संयोजक थापाले कोरोना माहामारिका विच अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुका लागि सामान्य भएपनि सहयोग पुगोस भनेर यस्तो अभियान थालिएको बताउनुभएको छ ।

रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेलले संगठनले संचालन गरेको अभियान मार्फत स्वास्थ्य सामाग्री ग्रहण गर्दै संगठनले सञ्चालन गरेको अभियानले सारथी एफएमलाई समेत प्राथमिकतामा राखेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

यस्तै ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा सामुदायिक रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदी, रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डे, रेडियो बुर्तिबाङका प्रतिनिधि मिनु विसी र ढोरपाटन पोष्टका सह-सम्पादक सुमन सुनारलाई सामाग्री हस्तान्तरण गरिएको छ ।

सामाग्री ग्रहणपछि सामुदायिक रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीले बागलुङमा पेशागत संगठनका तर्फबाट प्रेस संगठन नेपालले सुरु गरेको अभियान सराहनीय भएको भन्दै प्रसंशा गर्नुभएको थियो । जिल्लामा संगठनको यो अभियानबाट अरुलेपनि महामारीमा सयहोग र सहकार्यको अभियान चाल्नुपर्ने उहाँको भनाई थियो ।
यस्तै रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डे र बुर्तिबाङ एफएमका मिनु विसीले समेत प्रेस संगठनको अभियानलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सरिता खत्रीको सञ्चालन रहेको कार्यक्रममा संगठनका संयोजक थापाले, संकटमा संगठनले सहयोगसँगै सहकार्य र साझेदारिताका भावना साटासाट गर्न यस्तो अभियान थालेको बताउनुभयो । जिल्लाका सबै मिडियामा पुगेर सञ्चारकर्मी साथीभाइहरुसँग प्रत्यक्ष सात्क्षतकार तथा सामाग्री हस्तान्तरण गर्ने बताउनुभएको थियो ।

प्रकाशित मिति २०७८ असार १० गते बिहिबार ०५:५९
प्रतिक्रिया दिनुहोस्