पोखरा लेकसाइडका स्पा सेन्टरबाट ८ बालिकाको उद्धार

पोखरा लेकसाइडका स्पा सेन्टरबाट ८ बालिकाको उद्धार
२०८२ असार १७ गते मङ्गलबार १०:२३

पोखरा | पोखरा लेकसाइडका स्पा सेन्टरबाट ८ जना बालिकाहरुको उद्धार गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबाट खटिएको टोलीले उनीहरू‌को उध्दार गरेको हो । टोलीले लेकसाइड‌को पर्सल्यान...

पोखरा | पोखरा लेकसाइडका स्पा सेन्टरबाट ८ जना बालिकाहरुको उद्धार गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबाट खटिएको टोलीले उनीहरू‌को उध्दार गरेको हो ।

टोलीले लेकसाइड‌को पर्सल्यान स्पाबाट २ जना, ताराहिल लज स्पा एण्ड व्यूटी केयरबाट २ जना र इभेण्डर व्यूटी एण्ड स्पाबाट ४ जना गरेर कुल ८ जना बालिकाको उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ!

लेकसाइडका विभिन्न स्पाट सेन्टरमा बालिकाहरूलाई काममा लगाइ‌एको सूचना प्राप्त भएपछी सोमबार गरिएको अनुगमनका क्रममा १८ वर्ष भन्दा कम उमेरका बालिकाहरुलाई काममा लगाएको पाइएकाले बालिकाहरुकाे उद्धार गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

बालिकालाई काममा लगाउने ताराहिल लज एण्ड स्पा, पर्सल्यान स्पा र इभेण्डर ब्यूटी एण्ड स्पालाई कारवाहीका लागि श्रम तथा रोजगार कायालयमा पठाइएको डिएसपी बस्नेतले बताए ।

प्रकाशित मिति २०८२ असार १७ गते मङ्गलबार १०:२३
प्रतिक्रिया दिनुहोस्