पोखरा असार १९ / पोखराको बिन्ध्यवासिनि बसपार्क क्षेत्र २५० बोट गाँजा फडानी गरिएको छ । बिहिबार सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा १ बगर र वडा प्रहरी कार्यलय बगर कास्कीको संयुक्त सहकार्यमा पोखरा महानगरपालिका वडा नम्बर २ र ४ को संगम स्थलमा गाँजा फडानि गरिएको सामुदायिक सेवा केन्द्र बगरले जनाएको छ।
सार्वजनिक सुरक्षालाई मध्यनजर गर्दै लागूऔषध नियन्त्रणका लागि गरिएको यस विशेष अभियान पोखरा महानगरपालिका वडा नं. २ की जनप्रतिनिधि गोमा सुवेदी ,वडा प्रहरी कार्यालय बगर कास्कीका प्रहरी सहायक निरीक्षक तारा कुमारी बि.क., साथै, सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम प्रसाद अधिकारीको नेतृत्व तथा सह–सचिव बाबुराम भण्डारीको संयोजकत्वमा केन्द्रका पदाधिकारी, कार्यसमिति सदस्यहरू र स्थानीय समुदायका सर्वसाधारणको उल्लेख्य उपस्थिति र सक्रियतामा गाँजा फडानि गरि नष्ट गरिएको हो ।










