पोखरा असार २०/ कास्की जिल्लाको माछापुच्छे« गाउँपालिका ८ को लुम्म्रेबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यलय वगरबाट खटिएको प्रहरीले टोलिले सवारी साधन चेकजाँज गर्ने क्रममा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२५ हेम्जा बस्ने वर्ष २१ को योगेश रोका मगरले चलाएको लु.प्र.–०१–००६ प ०८३५ नम्बरको मो.सा. रोकी चेकजाँच गर्दा उक्त मो.सा. मा सवार जिल्ला नवलपरासी गैडाकोट न.पा. वडा नं. ०८ बस्ने वर्ष १८ की साहारा सुनारले पछाडी भिरेको झोलामा लुकाई छिपाई राखेको आवस्थामा २ किलो ५०० ग्राम गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।
पक्राउ गरिएका दुवैलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८२ असार २० गते शुक्रबार ०९:११