स्याङ्जामा सुनका गहना चोरी गरेर भागेका दुई युवती पक्राउ परेका छन्। जिल्लाको वालिङ नगरपालिका–६ कि थान कुमारी पाण्डेको घरबाट सुनका गहना चोरेर भागेका दुइ जना युवतीलाई प्रहरिले पक्राउ गरेकों हो।
पक्राउ परेका युवतीहरुमा चापाकोट नगरपालिका–४ घर भई हाल वालिङ नगरपालिका–६ बस्ने ३४ वर्षीया दिपा क्षेत्री र वालिङ नगरपालिका–९ बस्ने ३२ वर्षीय दुर्गा बिक रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।
पाण्डेको घरबाट गएको असर १७ गते पाण्डेको घर पसेर अन्दाजी आधा तोला सुनले जडान गरिएको पञ्चरत्ने बाला चोरी गरेर भागेको प्राप्त जानकारीमा उल्लेख छ। उनीहरुको साथबाट उक्त चोरीको दुई थान बाला पनि बरामद भएको बताइएको छ।
उनीहरूलाई असार २० गते स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिइ चोरीसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरू यसअघि पनि सोही क्षेत्र आसपासमा घरभित्र पसी मानिसले लगाएका गरगहना चोरेको आशंका गरिएको जनाएको छ । यस्ता घटनाबाट सतर्क रहन आग्रह गर्दै प्रहरीले संकास्पद व्यक्ति देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।










