हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन पाइने

हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन पाइने
२०८२ साउन १ गते बुधबार १२:५४

पोखरा असार ३२/ हिमालयन बैंकको थप सर्वाजनिक निष्कासन  एफपीओ खुला भएको छ । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता खुला गरिएको एफपीओमा बुधबारबाट आवेदन दिन सकिने भएको हो । बैंकले...

पोखरा असार ३२/ हिमालयन बैंकको थप सर्वाजनिक निष्कासन  एफपीओ खुला भएको छ । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता खुला गरिएको एफपीओमा बुधबारबाट आवेदन दिन सकिने भएको हो ।

बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले एफपीओ जारी गरेको हो ।हाल बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ । जसमध्ये ७२।९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७।०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ ।

सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको सार्वजनिक निष्कासन गरेको हो ।एफपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्नेछ।बैंकको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति २०८२ साउन १ गते बुधबार १२:५४
प्रतिक्रिया दिनुहोस्