सुनको भाउमा आज फेरि नयाँ रेर्कड कायम

सुनको भाउमा आज फेरि नयाँ रेर्कड कायम
२०८२ असोज २१ गते मङ्गलबार १२:१५

पोखरा असोज २१ सुनको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार रुपैयाँ नाघेको छ । हिजोको भाउमा तोलाको दुई हजार तीन सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार चार सय रुपैयाँ पुगेको नेपाल...

पोखरा असोज २१
सुनको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार रुपैयाँ नाघेको छ । हिजोको भाउमा तोलाको दुई हजार तीन सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ दुई लाख ३३ हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने यथावत नै रहेको छ ।

प्रकाशित मिति २०८२ असोज २१ गते मङ्गलबार १२:१५
प्रतिक्रिया दिनुहोस्