एनपिएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरको रुपमा ओमोडा एन्ड जेइको साथ

एनपिएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरको रुपमा  ओमोडा एन्ड जेइको साथ
२०८२ कार्तिक २४ गते आईतबार १२:५९

पोखरा कार्तिक २३/ ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग ९एनपिएल०’ को सिजन २ मा ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै, ओमोडा एन्ड...

पोखरा कार्तिक २३/ ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग ९एनपिएल०’ को सिजन २ मा ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै, ओमोडा एन्ड जेइकोले एनपिएल सिजन २ को “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ । यसअघि एनपिएलको सिजन १ मा पनि ओमोडा एन्ड जेइकोले ‘ड्रिभन बाइ’ सह९प्रायोजकको रूपमा सहकार्य गरेको थियो ।
ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिग दुवैले ‘उत्कृष्ट पर्फमेन्स, लगाव तथा इनोभेसन’को दृष्टिकोणलाई बढावा दिने भएकोले यो सहकार्य त्यही साझा दृष्टिकोणस्वरूप भएको हो । देशकै सबैभन्दा लोकप्रिय क्रिकेट प्रतियोगिता एनपिएलले देशभरका क्रिकेटप्रेमीहरूलाई एकजुट गर्दै खेलप्रति विशेष उत्साह जगाउने तथा राष्ट्रको गौरव बढाउने कार्य गर्दै आएको छ ।

एसपिजि अटोमोबाइल्स प्रा।लि।का निर्देशक गौरव शारडाका अनुसार, “ओमोदा एन्ड जेयकू ब्रान्डहरूले उत्साह, प्रदर्शन र उत्कृष्टताको भावना बोकेका छन्, जुन नेपाली क्रिकेट तथा नेपाली क्रिकेटप्रेमीहरूसँग स्वाभाविक रूपमा जोडिन्छ। यो साझेदारीमार्फत हामी खेलकुदप्रतिको उत्साहजनक मोह र ऊर्जालाई बढावा दिँदै, नेपाली युवाहरूलाई खेलसँग निरन्तर जोडिन प्रोत्साहित गर्न चाहन्छौँ ।”

एनपिएल सिजन २ का ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा, ओमोडा एन्ड जेइकोले उत्साहजनक ब्रान्ड गतिविधिहरू, फ्यान इन्गेजमेन्ट जोन र विशेष गाडी प्रदर्शनहरूमार्फत दर्शकहरूको अनुभवलाई अझ रोचक बनाउनेछ । सहकार्यको मुख्य आकर्षणका रूपमा ओमोडा एन्ड जेइकोले मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको प्रिमियम गाडी प्रदान गरिनेछ ।

यो साझेदारीले नेपालको अटोमोटिभ क्षेत्रमा ओमोडा र जेइकोको बढ्दो उपस्थितिसँगै खेलकुद, युवा र समुदायप्रतिको प्रतिबद्धतालाई पनि अझ सुदृढ बनाएको छ ।

प्रकाशित मिति २०८२ कार्तिक २४ गते आईतबार १२:५९
प्रतिक्रिया दिनुहोस्