पोखरा । भारी वर्षासँगै आएको पहिरो घर पुर्दा पर्वतको मोदी गाउँपालिकामा एकै परिवारका दुई जना बेपत्ता भएका मध्ये एक वृद्धको शव फेला परेको छ।
जिल्लाको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा माथिबाट आएको पहिरोले एक घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ बर्सिया विष्णुमती बिक बेपत्ता भएका हुन्। उनीहरूकी बुहारी ३२ बर्सिया पवित्रा बिकले भने भागेर ज्यान बचाएकी छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटादिएको जानकारी अनुसार बेपत्तामध्ये खोजीका क्रममा छविलालको शव आइतबार बिहान फेला परेको हो ।
शनिवार रातीदेखि पर्वत लगायत आसपासका क्षेत्रमा भारी तथा अति भारी वर्षा भइरहेको छ। यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ।
प्रकाशित मिति २०८२ साउन ५ गते आईतबार १०:५१