सिद्धार्थ राजमार्गमा साँझ बाटनै सवारी साधन चलाउन रोक, कारण के होला ?

सिद्धार्थ राजमार्गमा साँझ बाटनै  सवारी साधन चलाउन रोक, कारण के होला ?
२०८२ साउन ५ गते आईतबार १०:३८

पोखरा साउन ४ / जिल्ला प्रशासन कार्यालय कास्कीले भारी वर्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जातर्फ जाने सवारी साधन संचालनमा समय निर्धारण गरेको छ। कार्यालयले आइतबार सूचना जारी गर्दै साँझपछि तोकिएको...

पोखरा साउन ४ / जिल्ला प्रशासन कार्यालय कास्कीले भारी वर्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जातर्फ जाने सवारी साधन संचालनमा समय निर्धारण गरेको छ। कार्यालयले आइतबार सूचना जारी गर्दै साँझपछि तोकिएको समयमा अत्यावश्यक सेवाबाहेकका सवारी साधन चलाउन रोक लगाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनाअनुसार, साउन ४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो। निर्णयअनुसार, अत्यावश्यक सेवाबाहेकका लामा दूरीका सवारी साधनलाई साँझ ४ बजेपछि र छोटा दूरीका सवारी साधनलाई साँझ ५ बजेपछि कास्कीको छोरेपाटनबाट स्याङ्जातर्फ जान रोक लगाइएको छ।

प्रशासनले यस वर्षको मनसुन सक्रिय रही साउन ३ गते रातिदेखि अविरल वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशमा थप भारी वर्षाको पूर्वानुमान गरेकाले मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि यो कदम चालिएको जनाएको छ। स्याङ्जा जिल्लासँगको समन्वयमा यो निर्णय लिइएको सूचनामा उल्लेख छ।

प्रशासनले अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन संचालन नगर्न र गर्नैपर्ने भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गरी मात्र संचालन गर्न सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ।

प्रकाशित मिति २०८२ साउन ५ गते आईतबार १०:३८
प्रतिक्रिया दिनुहोस्