कमरेड पुष्पलालको स्मृतिमा नेकपा एमाले कास्कीको तीन दिने कार्यक्रम

कमरेड पुष्पलालको स्मृतिमा नेकपा एमाले कास्कीको तीन दिने कार्यक्रम
२०८२ साउन ७ गते मङ्गलबार ०४:०५

पोखरा । नेकपा (एमाले) कास्कीले नेकपाका स्थापक महासचिव कमरेड पुष्पलालको ४७ ओौ स्मृतिमा तीन दिवशिय कार्यक्रम आयोजना गरेर मनाउने भएको छ। यसै बिचमा साउन ५ गते पोखरा ७ को पुष्पलाल पार्क सरसफाई गरेको छ। आज साउन ६ गते एमाले पोखरा महानगरपालिका...

पोखरा । नेकपा (एमाले) कास्कीले नेकपाका स्थापक महासचिव कमरेड पुष्पलालको ४७ ओौ स्मृतिमा तीन दिवशिय कार्यक्रम आयोजना गरेर मनाउने भएको छ।

यसै बिचमा साउन ५ गते पोखरा ७ को पुष्पलाल पार्क सरसफाई गरेको छ। आज साउन ६ गते एमाले पोखरा महानगरपालिका कमिटीको आयोजना तथा पुष्पलाल अध्ययन केन्द्र र एमाले वडा कमिटी पोखरा २१ को ब्यबस्थापनमा पोखरा २१ को फेदिपाटनमा रहेको पुष्पलाल अध्ययन केन्द्रमा अवस्थित सालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।

श्रद्धाञ्जली सभा नेकपा (एमाले) पोखरा महानगर कमिटी अध्यक्ष जीवन प्रसाद आचार्यको अध्यक्ष्यतामा एमालेका अग्रज नेता सोमनाथ अधिकारी”प्यासी” को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रम मा प्रमुख अतिथि प्यासीले जहानिया राणासासनको समयमा अन्तरास्ट्रिय कम्युनिस्ट घोषणा पत्रलाई नेपालीमा अनुवाद र २००६ साल बैशाख १० गते नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न उहाले खेल्नु भएको भुमिकाको बिषयमा प्रस्ट पार्नु भएको थियो।

कार्यक्रम सन्चालन सचिव सुशील बस्नेतले गरेका थिय भने स्वागत उपाध्यक्ष नरेन्द्र ढुङ्गानाले गरेका थिए।यसै बिच एमाले कास्कीले भोलि साउन ७ गते बिहान ७:०० बजे बाट पोखरा पृथ्वीचोकमा राष्ट्रिय युवा संघ नेपाल कास्की को आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गर्दै छ भने दिउँसो ११:३० बजेबाट साईमन पार्टी प्यालेसको हल सृजनाचोकमा उपमहासचिव प्रदिप ज्ञावलीको प्रमुख आतिथ्यतामा बिचार गोष्टी आयोजना गरेको जिल्ला अध्यक्ष बैन बहादुर अधिकारीले जानकारि दिएका छन।

प्रकाशित मिति २०८२ साउन ७ गते मङ्गलबार ०४:०५
प्रतिक्रिया दिनुहोस्