भक्तपुरमा आज एकाबिहानै दुई किशोर्री दिदीबहिनी मृत भेटिएका छन्। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा डेरा गरी बस्दै आएका सुर्खेतको पञ्चपुरी नगरपालिका-८ घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सृजना कँडेल मृत भेटिएका हुन्।
डेरा कोठाको प्यासेज रहेको फलामको डण्डीमा एउटै नाइलनको डोरीमा झुण्डिएको अवस्थामा दिदीबहिनीको शब् भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
डीएसपी न्यौपानका अनुसार, बिहीबार बिहान पौने सातबजेतिर स्थानीय चक्रधर प्रजापतिको इँट्टा र फलामले बनेको दुई तले ट्रष्टको घरको भुइँ तलामा उनीहरूको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनीहरू केही सयमदेखि त्याे घरमा डेरा गरी बस्दै आएका प्रहरीले जनाएको छ।
उनीहरुको मृत्युका बारेमा आबश्यक अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ।










