पोखरा साउन ९/पोखराको सिमलचौरमा रहेको लिटिल स्टेप मा.बिमा कक्षा ११ का नवआगन्तुक बिद्यार्थीहरुको लागि एक दिने स्वागत तथा अभिमुखिकरण कार्यक्रम आयोजना भएको छ । बुधबार भएको कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले बिद्यालयले शिक्षाको क्षेत्रमा पु¥याको योगादनको चर्चा गर्दै बिद्यार्थीको उज्जवल भविष्यको कामन गरिन ।
कार्यक्रममा विद्यालय बोर्ड सदस्य डा. भीमनाथ बराल, स्नातक तह संयोजक ईश्वर सुवेदी ,अभिभावक लिलाथापा मगरले नवआगन्तुक बिद्यार्थीहरुलाई उज्जवल भविष्यको कामना गर्दै स्वागत गरेका थिए । बिद्यालयका प्रार्चय पम्फा गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्दै बिद्यालयको शैक्षिक गतिबिधिको चर्चा गर्दै यस अघिका शैक्षिक उपलब्धीको चर्चा गरेकि थिइन् । त्यस्तै कार्यक्रममा पूर्व बिद्यार्थी डा. अस्मी बराल लगाएतले बिद्यालयको शैक्षिक अवस्थाको बारेमा चर्चा गरेको, कार्यक्रममा पूर्व बिद्यार्थीहरुलार्ई बिद्यालयले सम्मान समेत गरेको थियो ।कार्यक्रममा बिद्यार्थीहरुले बिबिध सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । बिद्यालयका अध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षामा भएको कार्यक्रको सञ्चालन बिद्यालय संयोजक बिनोद गिरीले गरेका थिए ।










