पोखराको नारायणथानमा हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रमा साउन २४ देखि ३१ गते सम्म श्रीमद्भागवत महापुराण बाचन हुने

पोखराको नारायणथानमा हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रमा साउन २४ देखि ३१ गते सम्म श्रीमद्भागवत महापुराण बाचन हुने
२०८२ साउन १६ गते बिहिबार ०७:५६

पोखरा साउन १५ । पोखराको नारायणथानमा हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा साउन २४ देखि ३१ गते सम्म श्रीमद्भागवत महापुराण बाचन हुने भएको छ । कार्यक्रममा लक्ष्मीनारायण मन्दिर नारायणस्थानका...

पोखरा साउन १५ । पोखराको नारायणथानमा हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा साउन २४ देखि ३१ गते सम्म श्रीमद्भागवत महापुराण बाचन हुने भएको छ ।

कार्यक्रममा लक्ष्मीनारायण मन्दिर नारायणस्थानका पीठाधीश्वर अनन्त श्री विभूषित श्रीमज्जगद्गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको सत्संकल्पमा चतुर्मास व्रत अनुष्ठान सुरु भएको छ ।

यस्तै बाचन कार्यक्रममा भारतवर्षका महान विभूति श्रीमद् रामचरितमानस एवं विनय पत्रिका किंकर संगीताचार्युु पंडित श्री डा महेशदत्त शर्मा गुरुजी र श्री १००८ श्रीवैष्णव हरिशंकरदास वेदान्तीजी महाराजका श्रीमुखबाट वाचन हुने श्रीमद्भागवत महापुराण को भक्ति रसामृतमय कथा श्रवण सुन्न पाइने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा सम्पूर्ण परिवारसहित सहभागी भई कथा श्रवण, साधना, सेवा र दिब्य दर्शनमार्फत आत्मिक शान्ति, आध्यात्मिक उन्नति र गुरुकृपाको अनुपम लाभ प्राप्त गर्न आयोजकले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति २०८२ साउन १६ गते बिहिबार ०७:५६
प्रतिक्रिया दिनुहोस्