पोखरा साउन १५/कास्कीको माछापुच्छ्रे गाउँपालिका–३, घाचोकमा बुधबार आएको पहिरोमा पुरिएर एक जना कृषि मजदुरको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना सहायक प्रहाधानाध्यापक घाइते भएका छन्।
घाचोकको लस्तीखोला स्थित हेमजा(माछापुच्छ्रे सडक खण्डमा बुधबार बिहान करिब १० बजे खसेको पहिरोमा परेर स्थानीय बंगुर फार्मका लागि दाना लिएर जाँदै गरेका पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो।
बिहान पहिरोमा पुरिएका गुरुङको शब पहिरो पन्छाउने क्रममा दिउँसो करिब साढे २ बजे फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सोही पहिरोमा परेर घाचोककै शुक्लागण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल पनि घाइते भएका छन्। पोखराबाट मोटरसाइकलमा विद्यालयतर्फ जाँदै गर्दा उनलाई पहिरोले पुरेको थियो। स्थानीयले उनलाई तत्काल उद्धार गरेर उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्याएका र सोहि अस्पतालमा उपचार भैरहेको प्रहरेली जनाएको छ ,










