पोखरा साउन १६/ कोल्ड डिं«क क्याम्पाको पोखरामा बिक्रि बितरण शुरु भएको छ । चौधरी ग्रुपले रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड आरसीपीएल सँगको साझेदारीमा नेपालमा भारतीय पेय ब्रान्ड ‘क्याम्पा’बजार ल्याएको हो । ब्रान्डको शुक्रबार पोखराका बिभिन्न ठाउँहरुबाट पनि बिक्रि बितरण शुरु गरिएको सिजि रिलायन्स वेवरेजका प्रा।लिका एरिया सेल्स म्यानेजर सुमन पोख्रेलले जानकारी दिए ।
उक्त क्याम्पाको पोखराका लागि अधिकारिक बिक्रेता बचत किरान पसल पृथ्वीचोक रहेको म्यानेजर पोख्रेलले बताए । पोख्रेलका अनुसार पोखरामा बिक्रि शुरु भए सगैँ गण्डकी प्रदेश भरी बिस्तार गर्ने योजना रहेको उनले सुनाए ।नेपालमा क्याम्पा पोर्टफोलियोमा सुरुमा क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा ओरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक समावेश हुनेछन्। पोर्टफोलियो पछि विस्तार गरिनेछ। क्याम्पा कोला, क्याम्पा ओरेन्ज र क्याम्पा लेमन जस्ता २५० एमएल क्याम्पा कार्बोनेटेड सफ्ट ड्रिंक्सको मूल्य ३० नेपाली रुपैयाँ पर्छ । यस्तै क्याम्पा इनर्जी बेरी किक २५० एमएल ४० नेपाली रुपैयाँमा उपलब्ध हुनेछ ।













