स्याङ्जा साउन १७/ स्याङ्जाको सुर्योदय बचत तथा ऋण सहकारी सस्थाले शनिबार आर्थिक वर्ष २०८१/८२ को वार्षिक समिक्षा एवम् ८२/८३ को वार्षिक बजेट र योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा सहकारीका मुख्य व्यवस्थापक ध्रुव नारायण श्रेष्ठले गत आर्थिक बर्षको आयब्यय प्रस्तुत संगै चालु आर्थिक वर्षको योजना र भावी रणनीति प्रस्तुत गरेका थिए । पुतलीबजार ३ स्थित सहयात्री पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा सहकारीका सरक्षक अनन्तकुमार श्रेष्ठले सहजीकरण गरेका थिए । सो कार्यक्रममा ५ वटै सेवा केन्द्रका प्रमुखहरुले सेवा केन्द्रको वित्तिय प्रस्तुती र सयोजकले आआफ्ना राय, सल्लाह राखेका थिए ।
सहकारीको मुख्य कार्यालयका अध्यक्ष हुमबहादुर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राम माया अधिकारी गोदारले स्वागत , केन्द्रिय सदस्य ओम प्रकाश सापकोटाले धन्यवाद एवम् कार्यक्रम संचालन मुख्य कार्यालयका सचिव मिरा मल्लले गरेकी थिइन ।
सहकारीको चालू आर्थिक वर्षमा ९० करोडको कारोबार गर्ने लक्ष्य रहेको सहकारीका बचत प्रमुख तथा स्याङ्जा सेवा केन्द्रका प्रमुख मोति प्रसाद मरासिनीले बताए । स्याङ्जाको पुतलीबजार नगरपालिका ३ बाड्खोलामा केन्द्रिय कार्यालय रहेको सहकारी वि स २०५५ सालमा ३ जनाद्वारा ६० रुपियाले स्थापना एवम् संचालनमा आएको थियो । सो सहकारीले अहिले ८० करोडको कारोबार गरेको छ भने ११ हजार ५ सय ५३ जना सदस्य रहेका छन ।










