पोखरा साउन २०/ सामाजिक अभियन्ता’ शर्मिला वाइबा पोखराबाट पक्राउ परेकी छिन।वाइवालाई प्रहरीले साइबर क्राइमको मुद्दामा पोखराको लेकसाइडस्थित एक होटलबाट आज दिउसो करीब तीन बजेतिर पक्राउ गरेको हो
साइबर क्राइमको मुद्दामा साइबर ब्युरोले पक्राउ पूर्जी पठाउँदै कास्की प्रहरीलाई पठाइदिन भनेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी हरि बस्नेतले जानकारी दिए।
वाइवालाई आज सांझा नै हवाई जहाजमार्फक्त काठमाण्डौ पठाईएको डिएसपी बस्नेतले बताए।वाइबाले एक महिलालाई सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोप छ। ती महिलाले साइबर ब्युरोमा जाहेरी दिएपछि सोही मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको हो।
प्रकाशित मिति २०८२ साउन २१ गते मङ्गलबार १०:४४