पोखरा साउन २२/ पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा बिभिन्न समुहरुमा क्लबहरु गठन गरिएको छ । बिहिबार बिद्यालयले बिद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले गेम एण्ड स्पोर्टस क्लब, सोसल सर्भिस क्लब र म्युजिक, आर्ट एण्ड लिटरेचर क्लब स्थापना गरिएको प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले बताए ।जस अन्तरर्गत गेम एण्ड स्पोर्टस क्लबको अध्यक्षमा एड्रिना गुरुङ र सचिवमा अप्सन पुन चयन भएका छन्। क्लबमा १५ जाना सदश्य छन् ।उत्कृष्ट गुरुङ अध्यक्ष र सउरप बिक सचिव रहेको म्युजिक आर्ट एण्ड लिटरेचर क्लवमा १५ जना सदस्य रहने गरि गठन गरिएको छ ।
त्यस्तै १५ सदश्य रहेको सोसल सर्भिस क्लबको अध्यक्ष र सचिवमा क्रमश सुप्रिया गुरुङ र पुर्णिमा गुरुङले जिम्मेवारी पाएका छन् ।
विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसंगै अतिरिक्त क्रियाकलापमा समेत संलग्न गराई विविध विषयहरूमा अन्तरनिहित प्रतिभालाई प्रस्फूटन गराउँदै आएको विद्यालयले वार्षिक कार्यक्रम अनुसार नै क्लव गठन गरिएको विद्यालयका प्रशासक चित्र गुरुङले बताए ।
यसै बिच बिद्यालयले अत्तिरिक्त क्रियाकलाप अन्तरगर्त अग्रेजी र नेपालीमा गरि शिक्षामा सामाजिक सञ्जालको उपयोगिता शिर्षकमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ।
अग्रेजी बक्तृत्वकलामा बादल गुरुङ पहिलो,एड्रिन गुरुङ दोस्रो र अन्सु आचार्य तेस्रो हुन भए भने,नेपाली बक्तृत्वकला अन्तरर्गत धनमाया शिरिष प्रथम,कुशल क्षेत्री दोस्रो र तेस्रो भएको अतिरिक्त क्रियाकलाप निर्देशक तेज बहादुर गुरुङले बताए ।माउन्ट अन्नपूर्ण म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट र माउंटेनियरिंङ बिषयमा कक्षा १२ सम्म सञ्चालनमा रहेको गण्डकी प्रदेशकै पहिलो निजि स्तरबाट सञ्चालित बिद्यालय हो ।












