बागलुङमा ७३ बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु

बागलुङमा ७३ बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु
२०७८ असार १२ गते शनिवार ११:१३

धौलागिरी अस्पताल बागलुङमा ७३ बर्षिया महिलाको शुक्रबार साँझ मृत्यु भएको छ । बागलुङ नगरपालिका–४ घर भएकी महिलाको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोतव्यक्ति देवप्रकाश घिमिरेले जानाकारी...

धौलागिरी अस्पताल बागलुङमा ७३ बर्षिया महिलाको शुक्रबार साँझ मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–४ घर भएकी महिलाको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोतव्यक्ति देवप्रकाश घिमिरेले जानाकारी दिनुभयो । उनलाई कोरोना र निमोनियाको समस्या थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि जेठ ३० गते उनलाई अस्पताल ल्याईएको थियो । अक्सिजनको मात्रा कम भएर समस्या भएकी उनलाई सघन उपचार कक्षमा राखेर १२ दिनसम्म उपचार गरिएको थियो । बागलुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

प्रकाशित मिति २०७८ असार १२ गते शनिवार ११:१३
प्रतिक्रिया दिनुहोस्