स्याङ्जा साउन २४/ स्याङ्जामा राष्ट्रसेवकसंग रक्षाबन्धन कार्यक्रम सम्पन्न भएको छ । पहिलो पाईला नेपाल स्याङ्जाको आयोजनामा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा राष्ट्रसेवकसंग रक्षाबन्धन कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रसेवकलाई पारिवारिक अनुभुति दिलाउने उद्धेश्यले रक्षाबन्धनका अवसरमा केहि वर्ष यता पहिलो पाईलाले सो कार्यक्रम एक अभियान कै रुपमा आयोजना गर्दै आएको र यसपालि पनि सो कार्यक्रम गरिएको पहिलो पाईला नेपाल स्याङ्जाका अध्यक्ष पवन मरासिनीले जानकारी दिए ।
सम्पन्न कार्यक्रममा स्याङ्जा प्रहरी प्रमुख दधिराम न्यौपाने, पहिलो पाईला नेपाल केन्द्रिय कार्यसमिति सदस्य सन्ध्या लामिछाने, पहिलो पाईला नेपाल स्याङ्जाका सल्लाहकार रविन के सी, पत्रकार रोशन लामिछाने लगायतले आआफ्ना धारणा राखेका थिए । अध्यक्ष पवन मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुबास कोईरालाले स्वागत एवम् सदस्य समिक्षा मरासिनीले कार्यक्रम सञ्चालन गरेकी थिइन । पहिलो पाईला नेपालले समाज रुपान्तरण र समाज परिवर्तनका लागी रुपान्तरणकारी भुमिका खेल्दै आएको छ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व शनिबार देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाईएको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो ९रक्षा सूत्र० धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।










