पोखराको नदिपुरमा तायमचा नाच देखाइयो

पोखराको नदिपुरमा तायमचा नाच देखाइयो
२०८२ साउन २६ गते आईतबार १०:३३

पोखरा साउन २५/ नदिपुर तायमचा समितिले गाइजात्रा पर्वको अवसरमा पोखरा– ३ नदिपुरमा पहिलो पटक तायमचा नाच प्रदर्शन गरेको छ । हालै मात्र गठन भएको उक्त समितीले यसै बर्ष देखि नाच देखाउन शुरु गरेको हो । वडा नम्बर ३ को कार्यलयबाट शुरु भएको...

पोखरा साउन २५/ नदिपुर तायमचा समितिले गाइजात्रा पर्वको अवसरमा पोखरा– ३ नदिपुरमा पहिलो पटक तायमचा नाच प्रदर्शन गरेको छ । हालै मात्र गठन भएको उक्त समितीले यसै बर्ष देखि नाच देखाउन शुरु गरेको हो ।
वडा नम्बर ३ को कार्यलयबाट शुरु भएको नाचले नदिपुर क्षेत्र, नारायणस्थान मन्दिर, पालिखेचोक, तेर्सापट्टी, कोपिलढुंगा, भिसि मार्ग, भैरब मन्दिर, बाल मन्दिर, मिन मार्ट हुदै सोही स्थानमा आएर समापन भएको समितीका अध्यक्ष गौतम उदासले जानकारी दिनुभयो ।
तायमचा नाचमा नृत्य गर्नेहरुमा सुकृति ताम्राकार, सुदिज्ञा ताम्राकार, सराहना ताम्राकार, ओसम द्धा, निया घर्ति, मिजास उदास रहेका छन । बाद्यबादनमा प्रसिद्ध उदास, सरोज जलारी, समिर उदास, सफल द्धा, शैलेस ताम्राकार, निर्जला ताम्राकार रहेका थिए ।

हालै मात्र गौतम उदासको अध्यक्षतामा नदिपुर तायमचा समिती स्थापना भएको हो । युवा पुस्तालाई संस्कृति प्रति जागरुक बनाउन स्थापित समितिको उपाध्यक्ष रवि उदास, सचिव सकेन्द्र ताम्राकार, कोषाध्यक्ष नारायण प्रसाद द्धा, सहसचिव शान्ती श्रेष्ठ उदास रहेका छन । सदस्यहरुमा लक्ष्मी ताम्राकार, गोविन्द पराजुली, राजेन्द जलारी, प्रेम पुन, सुन्दर श्रेष्ठ, सुनिल थापा, राजु कायस्थ, विन्दु पाण्डे, पुष्प उदास, सुदर्शन न्हुच्छे प्रधान, जितेन्द्र ताम्राकार, शिबराम श्रेष्ठ रहेका छन ।

समितिका सल्लाहकारहरु श्रीकृष्ण कतिला, प्रकाश घिमिरे, अनुप बराल, बसन्त उदास, गोविन्द ताम्राकार, आनन्दमान ताम्राकार, दिलिप गिरी, मुकुन्दराज राजभण्डारी, सनकमान सिके, शान्तीेदेबी पराजुली, सवि परियार, नविन आले छन । नदिपुर तायमचा समितीलेको नाच साउन ३१ गते शिशुवामा हुने तायमचा नृत्य प्रतियोगितामा सहभागी हुने अध्यक्ष उदासले बताउनु भयो ।

प्रकाशित मिति २०८२ साउन २६ गते आईतबार १०:३३
प्रतिक्रिया दिनुहोस्