पोखराको महायोगी सिद्ध वावा आध्यात्मिक प्रतिष्ठान नारायणस्थानमा चतुर्मास व्रत अनुष्ठान जारी

पोखराको महायोगी सिद्ध वावा आध्यात्मिक प्रतिष्ठान नारायणस्थानमा चतुर्मास व्रत अनुष्ठान जारी
२०८२ साउन २८ गते मङ्गलबार ०९:३९

महायोगी सिद्ध वावा आध्यात्मिक प्रतिष्ठान नारायणस्थान नदिपुर ,पोखरा शाखामा चलिरहेको चतुर्मास व्रत अनुष्ठानमा श्रीमद्भागवत कथा चलिरहेको छ। आज पनि धेरै संख्यामा श्रोताहरूले श्रवण लाभ लिएका छन। अनन्त श्री विभूषित आध्य जगत गुरु...

महायोगी सिद्ध वावा आध्यात्मिक प्रतिष्ठान नारायणस्थान नदिपुर ,पोखरा शाखामा चलिरहेको चतुर्मास व्रत अनुष्ठानमा श्रीमद्भागवत कथा चलिरहेको छ। आज पनि धेरै संख्यामा श्रोताहरूले श्रवण लाभ लिएका छन।

अनन्त श्री विभूषित आध्य जगत गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य जी महाराज (महायोगी सिद्ध वावा)को सङ्कल्प मा एक महिनाअघिवाट सञ्चालित उक्त अनुष्ठान मा आज पनि थुप्रै संख्या मा ग्रहउपचारका साथै रुद्राभिषेक, हवन गरेर भक्त हरुले पुण्य लाभ लिएका छन। त्यस्तै आज श्रावणको अन्तिम सोमबार लघुरुद्रि कर्ताहरु तथा चतुर्मास को अनुष्ठान कर्ताहरु ३८ जनाले पूजामा सहभागिता जनाएर आफ्नो शारीरिक, मानसिक तथा आध्यात्मिक लाभ हासिल गर्नेछन। भागवतकर्ताहरूले बिहान ६ बजेदेखि नै पूजा अर्चन तथा संकल्प गरी भागवत श्रवण गर्नेछन् भने श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा आयोजित श्रीमद्भागवत महापुराण कथावाचन पश्चात सन्ध्याकाल आरती र श्रीकृष्णको झोला गायन श्रीकृष्ण जन्माष्टमीसम्म निरन्तर चलिरहने छ । आफ्नो शारीरिक तथा आत्मिक उन्नतीको लागि महायोगको यो सर्वाङ्गीण कार्यक्रम मा आफूलाई सहभागी गराउन पनि आग्रह गरिन्छ।

प्रकाशित मिति २०८२ साउन २८ गते मङ्गलबार ०९:३९
प्रतिक्रिया दिनुहोस्