श्रीकृष्ण प्रणामी बृद्ध तथा बाल आश्रमलाई आश्रय नेपालको सहयोग

श्रीकृष्ण प्रणामी बृद्ध तथा बाल आश्रमलाई आश्रय नेपालको सहयोग
२०८२ पुस ८ गते मङ्गलबार १०:०७

पोखरा २७ को श्रीकृष्ण प्रणामी बृद्ध तथा बाल आश्रम परमार्थ नगरका वालवालिकाहरुका लागि आश्रय नेपालले न्यानो कपडा तथा खाद्यान्न सहयोग गरेको छ । आश्रममा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै महिला पर्यटन विकास समिति कास्कीकी...

पोखरा २७ को श्रीकृष्ण प्रणामी बृद्ध तथा बाल आश्रम परमार्थ नगरका वालवालिकाहरुका लागि आश्रय नेपालले न्यानो कपडा तथा खाद्यान्न सहयोग गरेको छ । आश्रममा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै महिला पर्यटन विकास समिति कास्कीकी अध्यक्ष ममता न्यौपानेले आश्रय अभियान नेपाललाई धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गरेकी थिइन् ।

आश्रय अभियान नेपालकी अध्यक्ष गीता लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष धु्रववावु भटट्राई र लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे ।

अभियानका सचिव कृष्णप्रसाद ढुङ्गानाको पहलमा आश्रममा आश्रित १५ जना बालबालिकाहरुलाई न्यानो पोशाक र खाद्यान्न प्रदान गरेकामा आभार व्यक्त गर्दै आश्रमका १०८ स्वामी विष्णु वशिष्ठले आश्रीत बालबालिकालाई गरेको सहयोगले उनीहरुको लक्ष्य र उद्धेश्य हासिल गर्न सघाउ पुर्याउने अपेक्षा गरेका थिए । सचिव कृष्णप्रसाद ढुङ्गानाले विभिन्न समयमा यस्ता सहयोगका कार्यक्रमहरु गर्दै आएको र आगामी दिनहरुमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । कोषाध्यक्ष रक्षा भण्डारीले स्वागत गरेकी थिइन् ।

प्रकाशित मिति २०८२ पुस ८ गते मङ्गलबार १०:०७
प्रतिक्रिया दिनुहोस्