हरिहर मन्दिरबाट रासस कर्मी बास्तोला सम्मानित

हरिहर मन्दिरबाट रासस कर्मी बास्तोला सम्मानित
२०८२ पुस ८ गते मङ्गलबार १०:०५

ऐतिहासिक, सांस्कृति एवम् पुरातात्विक पहिचान वोकेको पोखरा १७ महतगौडास्थित सदा शिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिको साधारण सभा सम्पन्न भएको छ । साधारण सभा एवम् अधिवेशन उद्घाटन समारोहमा रासस कर्मी हरिप्रसाद बास्तोलालाई...

ऐतिहासिक, सांस्कृति एवम् पुरातात्विक पहिचान वोकेको पोखरा १७ महतगौडास्थित सदा शिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिको साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभा एवम् अधिवेशन उद्घाटन समारोहमा रासस कर्मी हरिप्रसाद बास्तोलालाई सम्मान गरिएयो । पत्रकारिताको माध्यमवाट धार्मिक क्षेत्रको प्रचार प्रसारमा पु¥याउनु भएको अतुलनिय योगदानको उच्च कदर गर्दै उहाँलाई सम्मान गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले अधिवेशनको उद्घाटन समारोहमा उहाँलाई दोसल्ला, खादा र सम्मानपत्रले सम्मान गर्दै धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने वताउँनुभयो ।
समाजको एकताबाट मात्र विकास निर्माणमा जोड पुग्ने बताउँदै उहाँले धार्मिक संघसंस्थाको विकास, संरक्षण र प्रवद्र्धनमा महानगरले सक्दो सहयोग गर्दै आएको बताउनुभयो । सिमित श्रोत साधनको अधिकतम उपयोग गरि जन भावनाका आधारमा वगाको समग्र विकास निर्माणमा जोड दिंदै आएको उहाँको भनाई थियो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीको अध्यक्षतामा भएको कायक्रममा वडा सदस्य शिवराम भण्डारी, सितापाईला ढुट्टेसाँघु आमा समुहका अध्यक्ष झुना मल्ला, समाज सेवी नरेन्द्र गिरी लगायतले बोल्नु भएको कार्यक्रममा कोषाध्यक्ष इसारा विरकट्टा थापाले आर्थिक प्रतिवेदन प्रस्तुत र सचिव हरिहर भण्यडारीले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति २०८२ पुस ८ गते मङ्गलबार १०:०५
प्रतिक्रिया दिनुहोस्