पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. भरत खत्री नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. भरत खत्री नियुक्त
२०८२ साउन २८ गते मङ्गलबार १०:५२

पोखरा साउन २७/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा भरतबहादुर खत्री नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा खत्रीलाई उपकुलपति नियुक्त गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

पोखरा साउन २७/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा भरतबहादुर खत्री नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा खत्रीलाई उपकुलपति नियुक्त गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा प्रधानमन्त्री ओलीले मंगलबार डा। खत्रीलाई सो पदमा नियुक्त गरेका हुन् । उपकुलपति पद ४ महिनादेखी खाली थियो । प्रतिस्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल छ भने प्रतिष्ठानले चिकित्साशाष्त्रमा स्नातक र स्नातकोत्तरको पढाइ चलाइरहेको छ ।
गत चैतमा पोखरासहित बीपी कोइराला ९धरान०, पाटन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकाल सकिएको थियो। तर, सत्तारूढ नेकपा ९एमाले० र नेपाली कांग्रेसबीच प्रतिष्ठानको नेतृत्वमा भागबन्डा मिल्न नसक्दा नियुक्ति प्रक्रिया रोकिएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले पोखरा प्रतिष्ठानका लागि १७ जना आवेदकबाट ६ जनाको नाम सर्टलिस्ट गरेको थियो । खत्री यस अघि निर्देशक भएर ४ वर्ष काम गरिसकेका छन् ।

प्रकाशित मिति २०८२ साउन २८ गते मङ्गलबार १०:५२
प्रतिक्रिया दिनुहोस्