महायोगी सिद्ध वावा आध्यात्मिक प्रतिष्ठान नारायणस्थान नदिपुर शाखामा सञ्चालित श्रीमद्भागवत महापुराण कथा एक सप्ताह सम्म चल्ने भनिएको आज तेस्रो दिनमा चलिरहेको छ। अनन्त श्रीश्री १००८ श्री वैष्णव महन्त श्री हरि शंकर दास “वेदान्ती’ जी महाराज को श्री मुखवाट दिनको दुई समय विहान र साँझ वाचन भैरहेको छ।
अनन्त श्री विभूषित परमहंस परिव्रजाक आध्य जगतगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य जी महाराज (महायोगी सिद्ध वावा) को सङ्कल्प मा गत हरिशयनी एकादशीवाट शुरु भएको चतुर्मास व्रत अनुष्ठान विभिन्न कार्यक्रमहरू जस्तै चिना हेरेर ग्रह दोष निवारण, वैदिक शावर मन्त्रद्वारा उपचार, जप, हवन, रुद्राभिषेक तथा आयुर्वेद परामर्श नाडी परीक्षण दैनिक भैरहेको र धेरै दीक्षित तथा अशिक्षित भक्त तथा साधकहरुवाट सहभागी भएर शारीरिक, मानसिक तथा आध्यात्मिक लाभ हासिल गरीहेकाछन। एक हप्तासम्म चल्ने यो कथाको श्रीकृष्ण जन्माष्टमीको दिन पूर्णाहुत हुनेछ भने चतुर्मास व्रत अनुष्ठानका अन्य कार्यक्रमहरू कार्तिक १५ गतेसम्म चलिरहनेछ।
यसै विच राष्ट्रिय प्रजातन्त्र पार्टि अध्यक्ष श्री राजेन्द्र प्रसाद लिङ्देन ज्यूले पनि श्री महायोगी सिद्ध वावाको दर्शन भेट गरी आशिर्वाद प्राप्त गर्नु भएको छ।
त्यसै गरी श्री सदगुरुदेव को कृपा गरी आशिर्वाद लिन अन्य विशिष्ट महानुभावहरूको आउनेक्रम जारी छ। यन्त्र तन्त्र शास्त्र का सिद्ध पुरुष श्री गोपाल प्रसाद कोइराला गुरु जी, रामानन्दाचार्य सेवापीठ चतराधामका अध्यक्ष वावु राजा ओझा, विशिष्ट संस्कृतिका विद्वान आचार्य डाक्टर दीपक कोइराला र गणितका दैवज्ञ आचार्य पवन जीहरुले पनि हिजो श्री महायोगी सिद्ध वावाको दर्शन गरी कृपा लाभ प्राप्त गर्नु भएको छ।
श्रीमद्भागवत महापुराण कथा तथा चतुर्मास व्रत अनुष्ठानमा सहभागी भई दिव्य कृपा लाभको लागि आयोजकले सवैमा हार्दिक निमन्त्रणा गरेको छ।










