पवन मरासिनी ,स्याङ्जा साउन २९/ मुक्तिनाथ विकास बैक लिमिटेडले विद्यालय पोशाक वितरण तथा कम्प्युटर हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुक्तिनाथले पुतलीबजार १३ मा रहेको महेन्द्र आधारभुत विद्यालयमा अध्ययनरत ५३ जना विद्यार्थीलाई विद्यालय पोशाक र कार्यालय प्रयोजनका लागि एक थान कम्प्युटर सेट प्रदान गरेको हो ।
कार्यक्रमका अवसरमा बोल्दै मुक्तिनाथ विकास बैंक संचालक समिती सदस्य तथा स्याङ्जा बहुमुखी क्याम्पसका सस्थापक एवम् क्याम्पस प्रमुख भरतप्रसाद लम्सालले जनताले मुक्तिनाथ विकास बैकलाई गरिरहेको मायालाई निभाउनका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम लिएर जनतासामु आएको बताए ।
उहाले पुतलीबजार नगरपालिका १३ धेरै सम्भावना भएको तर विकासमा पछाडि परेकाले गत वर्षदेखि नगरबाट थुप्रै बजेट परेको हुनाले अब विकासको बाटोमा अगाडी बढ्ने जिकिर गरे । नगरपालिका भरि आधारभुत विद्यालयमा पहिलो भएको विद्यालयको
शैक्षिक क्षेत्रको विकासको लागि सदैबसंगै रहने प्रतिबद्धता जाहेर गर्दै लम्सालले पुतलीबजार नगरपालिकाबाट स्थापित बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न गतिबिधिहरु सक्रिय रुपमा संचालन गर्दैगर्दा पुतलीबजार १३ लाई आफुले विशेष प्राथमिकतामा राखेको बताए । सो क्रममा उनले पुतलीबजार नगरपालिका वडा न १३ का सम्पूर्ण विद्यालयमा केही न केही सामग्री उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा पुतलीबजार १३ का वडा सदस्य सुर्य बहादुर रोकाहा, मुक्तिनाथ विकास बैकका क्षेत्रीय प्रबन्धक ऋषि ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेद बहादुर रोकाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक मन बहादुर रोकाहाले गरेका थिए । वि स २०६३ सालमा स्थापना भएको मुक्तिनाथ विकास बैंकका हाल देशभर १७८ शाखा रहेका छन् । जनता बैंकसम्म होइन बैंक जनतासम्म जानुपर्दछ भन्ने मुख्य उद्देश्यले बैंकले आफ्नो बैंकिङ गतिबिधी अघि बढाएको छ ।










