पवन मरासिनी ,स्याङ्जा साउन २९ / मुक्तिनाथ विकास बैंकले पुतलीबजार नगरपालिका १३ स्थित दियालो आधारभुत विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीहरुलाइ ट्र्याक सुट वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै मुक्तिनाथ विकास बैंकका सन्चालक समितिका सदस्य भरत प्रसाद लम्सालले जनताले मुक्तिनाथ विकास बैकलाई गरिरहेको विश्वास र भरोसाको कदर गर्दै सामाजिक उत्तरदायित्व कार्यक्रम लिएर जनतासामु आएको बताए । स्याङ्जा बहुमुखी क्याम्पसका सस्थापक तथा क्याम्पस प्रमुख समेत रहेका लम्सालले विद्यालयको शैक्षिक क्षेत्रको विकासको लागि सदैब संगै रहने प्रतिबद्धता जाहेर गर्दै पुतलीबजार नगरपालिकाबाट स्थापित बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न गतिबिधिहरु सक्रिय रुपमा संचालन गर्दै गर्दा पुतलीबजार १३ लाई आफुले विशेष प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकका क्षेत्रीय प्रबन्धक ऋषि ढकाल र पुतलीबजार १३ कि वडा सदस्य शारदा नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अलिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद कोइरालाले स्वागत एवम् शिक्षक मिना ढकालले कार्यक्रमको संचालन गरेकी थिइन । वि स २०६३ सालमा स्थापना भएको मुक्तिनाथ विकास बैंकका हाल देशभर १७८ शाखा रहेका छन् । जनता बैंकसम्म होइन बैंक जनतासम्म जानुपर्दछ भन्ने नारासहित बैंकले सेवा प्रदान गर्दै आएको छ ।










