पोखरा । महायोगी सिद्ध वावा आध्यात्मिक प्रतिष्ठान नारायणस्थान नदिपुर शाखामा सञ्चालित श्रीमद्भागवत महापुराण कथा एक सप्ताह सम्म चलि श्रीकृष्ण जन्माषटमीको दिन समापन भएकोछ। अनन्त श्रीश्री १००८ श्री वैष्णव महन्त श्री हरि शंकर दास “वेदान्ती’ जी महाराज को श्री मुखवाट दिनको दुई समय विहान र साँझ वाचन गरी पूरा भएको हो।
अनन्त श्री विभूषित परमहंस परिव्रजाक आध्य जगतगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य जी महाराज (महायोगी सिद्ध वावा) को सङ्कल्प मा गत हरिशयनी एकादशीवाट शुरु भएको चतुर्मास व्रत अनुष्ठान विभिन्न कार्यक्रमहरू जस्तै चिना हेरेर ग्रह दोष निवारण, वैदिक शावर मन्त्रद्वारा उपचार, जप, हवन, रुद्राभिषेक तथा आयुर्वेद परामर्श नाडी परीक्षण दैनिक भैरहेको र धेरै दीक्षित तथा अदीक्षित भक्त तथा साधकहरुवाट सहभागी भएर शारीरिक, मानसिक तथा आध्यात्मिक लाभ हासिल गरीहेकाछन। एक हप्तासम्म चल्लेको उक्त कथा सगै श्रीकृष्ण भगवानको प्राकट्य महोत्सव भव्य रुपमा मनाएर पूर्णाहुत भएको छ भने चतुर्मास व्रत अनुष्ठानका अन्य कार्यक्रमहरू कार्तिक १५ गतेसम्म चलिरहनेछ।
यसै विच नेपाल ऋषि प्रज्ञा डा. जगमान गुरूङ ज्यूले श्रीकृष्ण तत्वको बारेमा प्रकाश पार्नु भएको थियो। त्यसैगरी भारतको हिमाञ्चल प्रदेश विलासपुर बाट श्री कृष्ण जन्माष्टमी महापर्व श्री सद्गुरुदेवको सानिध्यमा मनाउन श्री श्री १००८ महन्त श्री कौशल किशोर दास महाराज जीले भक्तिरस तथा नवदा भक्तिको बारेमा चर्चा गर्नुभएको थियो।
त्यसै श्री सदगुरुदेव को कृपा गरी आशिर्वाद लिन गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री माननीय पञ्चराम गुरुङ, महायाेगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष नेपाल सरकारका पूर्व परराष्ट्र सचिव विश्व प्रकाश पण्डित, उपाध्यक्ष नेपाल सरकारका पूर्व रक्षा सचिव श्रीधर सापकोटा, महासचिव सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रहरी महानिरीक्षक शैलेन्द्र कुमार श्रेष्ठ, महायुग सिद्ध बाबा आध्यात्मिक प्रतिष्ठानका केन्द्रीय महासचिव शिवप्रसाद नेपाल, यसैगरी महायोगी सिद्ध बाबा आध्यात्मिक प्रतिष्ठान शाखाका संयोजक बासु भण्डारी लगायतको उपस्थिति थियो ।
श्रीकृष्ण जन्माष्टमी पर्व सद्गुरुदेवको सानिध्यमा मनाउन विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा साधक तथा भक्तजनहरूको घुइँचो थियो । बेलुका अबेरसम्म चलेको उक्त कार्यक्रमको मध्यरातमा हरिहर स्वरूप श्री शालिग्रामजीमा अभिषेकपछि भजन किर्तन गरी मनाइएको थियो। भने आज बिहान लक्ष्मीनारायण मन्दिर नारायणस्थानबाट रथ निकाली नन्दी महोत्सवको शोभा यात्रामा सशस्त्र प्रहरी बल नेपालको बेन्ड बाजा, स्थानीय पन्चेबाजा, भजन, किर्तन सहित स्थानीय विद्यालय, बटुक, आमा समूह तथा नारायणथान धार्मिक क्षेत्र विकास समितिसँग सम्बन्धित सबैले हर्षोलासहित मनाइयो ।










