पोखराको टुँडिखेलमा तेस्रो ऐतिहासिक तीज महोत्सव ,भदौ ६ बाट १५ गते सम्म

पोखराको टुँडिखेलमा तेस्रो ऐतिहासिक तीज महोत्सव ,भदौ ६ बाट १५ गते सम्म
२०८२ भदौ ४ गते बुधबार ०२:५६

पोखरा भदौ ४/ पोखराको टुँडिखेलमा आयोजना हुने तेस्रो ऐतिहासिक तीज महोत्सव यहि भदौ ६ बाट १५ गते सम्म आयोजना हुने भएको छ । इन्द्रेणी एकीकृत विकास केन्द्रले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरेको तीज महोत्सव–२०८२’...

पोखरा भदौ ४/ पोखराको टुँडिखेलमा आयोजना हुने तेस्रो ऐतिहासिक तीज महोत्सव यहि भदौ ६ बाट १५ गते सम्म आयोजना हुने भएको छ । इन्द्रेणी एकीकृत विकास केन्द्रले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरेको तीज महोत्सव–२०८२’ को तयारी समेत पूरा भएको बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जनाकारी दिइएको हो । महोत्सवको तयारीका लागि गठित विभिन्न उपसमितिले आआफ्नो काम अन्तिम चरणमा पु¥याएका छन्।
महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुला एकल नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता हुनेछ । तीज गीत प्रतियोगिता विजेतालाई ३५ हजार पाँच सय ५५, उपविजेतालाई २० हजार पाँच सय ५५, तृतीय हुनेलाई १० हजार पाँच सय ५५, सान्त्वना स्थान हासिल गर्नेलाई पाँच हजार पाँच सय ५५ तथा उत्कृष्ट भेषभूषा र नृत्यलाई तीन हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।यसैगरी छेलो फाल्ने प्रतियोगिताअन्तर्गत प्रथमले १२ हजार पाँच सय ५५, दोस्रो हुनेले सात हजार पाँच सय ५५, तृतीयले पाँच हजार पाँच सय ५५ र सान्त्वना स्थान हासिल गर्नेले तीन हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै परम्परागत सिप ढिकी जाँतो प्रतियोगितामा प्रथम हुनेले १२ हजार पाँच सय ५५, द्वितीय हुनेले सात हजार पाँच सय ५५ र तृतीय हुनेले पाँच हजार पाँच सय ५५ रुपैयाँ नगद परस्कार प्राप्त गर्नेछन् ।ढिकी जाँतो प्रतियोगितामा सहभागी टिमले पहिला ढिकीमा धान कुट्नु पर्नेछ । त्यसपछि केलाएर चामल जाँतोमा पिस्नुपर्नेछ । पिसेको चामलको पिठोलाई आयोजकले दिएको जालीले चाल्नुपर्नेछ । चालेको पिठोको तौल लिइनेछ । पिठो जसको धेरै हुन्छ उही टिम प्रथम हुनेछ । प्रत्येक समूहलाई २० मिनेटको समय दिइनेछ ।

साथै मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ता कपडा, वाल उद्यान, रेष्टुरेन्टलगायत विभिन्न स्टलसँगै राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति रहने केन्द्रका अध्यक्ष एवं महोत्सवका मूल संयोजक भानुभक्त अधिकारीले बताए ।ऐतिहासिक टुँडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतिको संरक्षण, महिला दिदीबहिनीद्वारा उत्पादित वस्तुको प्रदर्शनी, नृत्य र सङ्गीतमार्फत महिला सशक्तीकरणमा टेवा पु¥याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहीत प्रतिभा प्रस्फुटन लागि स्थान र वातावरण उपलब्ध गराउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो ।महोत्सवका लागि केन्द्रका अध्यक्ष अधिकारीको मूल संयोजकत्वमा मूल आयोजक समिति, ३९ सदस्य सम्पादन समिति, विभिन्न ३८ वटा उपसमिति, ३१ सदस्य मेला संरक्षक समिति, एक सय ३१ सदस्य सल्लाहकार समिति गठन गरिएको छ।

केन्द्रका महासचिव एवं सांस्कृतिक उपसमिति संयोजक वसन्त बास्तोलाले महोत्सवका सबै उपसमितिले तयारीलाई अन्तिम चरणमा पु¥याएको बताए ।यस पटकको विगतका महोत्सव भन्दा पृथक हुने उनले बताए । उनका अनुसार प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, राजु परियार, ज्योति मगर, श्याम रानासहित ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारका लाइभ दोहोरी प्रस्तुत गर्ने छन् ।

स्थानीय समुदाय, स्वयंसेवक, प्राविधिक टोली र प्रायोजकको सक्रिय सहभागिताले निकै सहज र उत्साह थपिएको उनले बताए।यो महोत्सवलाई पोखरावासी र आगन्तुक सबैका लागि अविस्मरणीय बनाउने र त्यसका लागि कुनै कसर बाँकी नराखिने अध्यक्ष अधिकारीले स्पष्ट पारे ।सचिवालय व्यवस्थापन उपसमिति संयोजक दुर्गाप्रसाद अधिकारीका अनुसार सांस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवं मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाको समग्र स्तरोन्नति गर्ने, इन्द्रेणी आवासीय किरियाकर्म भवनलाई सुविधासम्पन्न बनाउन, शव वाहन सञ्चालन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।केन्द्रका उपाध्यक्ष एवं अर्थ संकलन उपसमिति संयोजक नीरज विक्रम राणका अनुसार महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च, चार लाख ५० हजार बचत हुने अनुमान आयोजकले गरेको छ।

प्रकाशित मिति २०८२ भदौ ४ गते बुधबार ०२:५६
प्रतिक्रिया दिनुहोस्