तमान गाउँका ३२ वर्षिया उदिम बुढामगर दुई हप्ता यता सम्पर्क विहिन छन् । कामको शिलशिलामा पोखराको स्टिल उद्योगमा कार्यरत बुढामगर गत असार १ गतेयता परिवारको सम्पर्कमा नरहेको परिवारका सदस्यले बताएका छन् ।
पोखरा बसपार्क नजिकै रहेको हिमालयन अटो इन्टिनिरीयरीङ कम्पनीमा मजदुरी गर्ने उनी असार २ गते दिउँसोदेखि कम्पनीबाटै सम्पर्क विहिन भएका छन् ।
उनी बस्दै आएको कोठामा मोबाईल, घडी, लत्ता कपडा सबै सामग्री यत्तिकै रहेको बताइएको छ । कम्पनीको सम्पर्कमा नआएपछि परिवारलाई खबर गरिएको कम्पनीका एक कर्मचातरीले बताए । परिवारको सम्पर्कमा नआएका उदिमको परिवारले खोजीकार्य थलानी गरेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । उनको घर तमानखोला गाउँपालिका वडा नं. ३ तमानमा हो ।
सम्पर्क विहिन रहेका उदिमको खोजी कार्यमा उहाँकी श्रीमति सुनिता बुढा अहिले पोखरामा रहेको बताउनुभएको छ । आफ्ना मामा र श्रीमतिले उदिमको खाजैकार्यका लागि प्रहरी समेतमा अनुरोध गरेको बताइएको छ ।










