लक्ष्मी स्मृति पुस्तकालयको आयोजनामा पुतलीबजार क्विज, भु पु सैनिक आवसिय मा वि बन्यो प्रथम

लक्ष्मी स्मृति पुस्तकालयको आयोजनामा पुतलीबजार क्विज, भु पु सैनिक आवसिय मा वि बन्यो प्रथम
२०८२ भदौ १३ गते शुक्रबार ०९:५१

पवन मारसिनी, स्याङ्जा भदौ १३/ स्याङ्जाको पुतलीबजारमा सम्पन्न नगरपालिकाको स्थानिय पाठ्यक्रममा आधारित आधारभुत बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता पुतलीबजार क्वीजको उपाधी भु पु सैनिक आवसिय मा वि ले जितेको छ । लक्ष्मी स्मृति...

पवन मारसिनी, स्याङ्जा भदौ १३/ स्याङ्जाको पुतलीबजारमा सम्पन्न नगरपालिकाको स्थानिय पाठ्यक्रममा आधारित आधारभुत बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता पुतलीबजार क्वीजको उपाधी भु पु सैनिक आवसिय मा वि ले जितेको छ । लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, पुस्तकालयद्वारा संचालित सामुदायिक रेडियो स्याङ्जा एफ एम तथा स्याङ्जा टेलिभिजनले १८ औ राष्ट्रिय पुस्तकालय दिवस( २०८२ को अवसरमा हाम्रो पुस्तकालय हाम्रो भविष्य भन्ने मुल नाराका साथ आयोजना गरेको सो पुतलीबजार क्विजमा २४ प्रतियोगी विद्यालयलाई पछि पार्दै भु पु सैनिक प्रथम भएको हो ।

प्रतियोगितामा रोशनी आवसिय मा वि, हिमालय मा वि टक्सार र शितला मा वि पौवैगौडे क्रमश द्वितीय, तृतिय र सान्त्वना बनेका थिए । शुक्रबार पुतलीबजार नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख तुलसी राम रेग्मीले नगरपालिकाको स्थानिय पाठ्यक्रममा आधारित रहेर कार्यक्रम संचालन गरेको प्रती आयोजकलाई धन्यवाद व्यक्त गरे । सो क्रममा रेग्मीले पत्रकारहरुले निष्पक्ष र यथार्थपरक भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नगर उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेका थिए । नगर शिक्षा अधिकारी बाबुराम बराल, सहायक शिक्षा अधिकृत शोभा बस्यालले पुतलीबजार क्विजको सहजीकरण गरेका थिए ।

लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयका अध्यक्ष ध्रुब बन्धु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष चन्द्रमणी पौडेलले स्वागत एवम् कार्यक्रमको संचालन सचिव बलराम दोरङ्गाले गरेका थिए । पुतलीबजार क्विजमा पुतलीबजारका २५ विद्यालयहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८२ भदौ १३ गते शुक्रबार ०९:५१
प्रतिक्रिया दिनुहोस्