जेन जी आन्दोलनमा सक्रिय एक युवामाथि सोमबार साँझ हेटौडामा खुकुरी प्रहार भएको छ।
मकवानपुराको मकवानपुरगढी गाउँपालिका–५ निवासी अन्दाजी ३४÷३५ वर्षका प्रेम घिमिरेमाथि हेटौंडा उपमहानगरपालिका–१० फरेष्टीगेट अगाडि सोमबार साँझ करिब ६ बजे खुकुरी प्रहार भएको हो।
हेटौडामा प्राथमिक उपचार पछि थप उपचारका लागि चितवनको भरतपुर पठाईएक घाइते घिमिरेको अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
घिमिरेमाथि खुकुरी हान्ने व्यक्तिहरुको पहिचान हुने बाँकी रहेको प्रहरीले बताएको छ। तर खुकुरी हान्नु अघि ती युवाहरुको “घिमिरे जेन जी आन्दोलनमा सक्रिय रहेको” भन्दै विवाद भएको स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन्।
प्रकाशित मिति २०८२ भदौ ३१ गते मङ्गलबार ०४:१३