धादिङको थाक्रेमा बस र टिपर आपसमा ठोकिँदा ६ जना घाइते भएका छन्।
पृथ्वी राजमार्गमा पर्ने थाक्रे गाउँपालिका २ बाह्र किलो भन्ने ठाउँमा आज बिहान दुईवटा गाडी ठोक्किएका हुन्। भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२६० ट्रिपर आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सामान्य घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते एक यात्रुलाई भने थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
प्रकाशित मिति २०८२ असोज १ गते बुधबार ०९:५६