जेन जी आन्दोलनको क्रममा पोखराको छोरेपाटनमा रहेको प्रहरी चौकी तोडफोड तथा आगजनी भएको थियो ।
नागरिकको सुरक्षा महत्त्वपूर्ण संबेदनसिलतालाई मध्यनजर गर्दै छोरेपाटन चौकीलाई पुनर्निर्माणका निम्ति केहि दिन देखि श्रम दानको साथमा आर्थिक सहयोग जुटाउदै डेबिड फल कल्ब अगाडी बढ्दै आएको छ ।
“हाम्रो वडा १७ छोरेपाटनमा रहेको चौकी हामी नै पुनर्निर्माण गर्छौ” भन्ने नाराका साथ धेरै टोलबासीहरु यो अभियानमा जोडिनु भएको छ । उक्त दिनको घटनापछि सबै मिलेर सहयोग गर्नु पर्ने परिस्थीती सृजना भएको हो। सोही क्रममा छोरेपाटनमा रहेको प्रहरी चौकीका इन्चार्ज सुर्य मगर गरिएको छलफल पछाडी पोखरा १७ बेलघारीमा रहेको प्रगतिशील समूह बाट नगद दुई हजार पाच समय पच्चिस , प्रगतिशील दिदीबहिनी दिदीबहिनि समूह बाट दुई हजार पाच समय पच्चिस नगद कार्यसमिति मार्फत सहयोग छोरेपाटनका चौकी प्रमुख सुर्य मगर र डेविस फल्स क्लबका अध्य्क्षको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको छ ।
प्रहरी चौकी पुन निर्माणको काम अगाडी बढ्दै गर्दा वडा भित्र रहेका आमा समुह , युवा समुह लगाएतका सस्थाहरुलाई समेट्दै सन्चारकर्मी एवं समाजिक अभियन्ता सागर गिरिको विशेष पहलमा चौकी पुन निर्माणको लागि पहल रहदै आएको छ । गिरीका अनुसार सुरक्षा दिने प्रहरीकै बस्ने चौकी नहुदा समाजमा घटनाहरु बढ्दै जाने , चोरी लुटपाट बढ्ने भएका कारणले पनि शान्ती सुरक्षाको लागि पहिलो जिम्मेवारी चौकी पुर्ननिर्माण रहेको छ । साथै यो अभियानमा सबैजना हातेमालो गर्दै सहयोगको लागि जुट्न पनि अभियान्ता सागर गिरीले अनुरोध गरेका छन् ।










